काठमाडौँ, १४ वैशाख । सप्तरीमा स्वतन्त्र उम्मेदवारी दिन सघाएको भन्दै एक दलित युवकको हत्या भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सप्तरीको खडक नगरपालिका–४ को वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराउन सहयोग गरेको भन्दै २५ वर्षीय सन्तलाल पासवानको हत्या भएको छ ।
पासवानमाथि रडले आक्रमण भएपछि टउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको छ।
पासवानको मृत्युबाट आक्रोशित स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन् ।स्थानीयले घटनाको छानबिन गरी कारवाहीको र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग गरेका छन् ।
यद्यपि प्रहरीले भने पीडित पक्षबाट कुनै पनि उजुरी नभएको बताए।



















