सगर के.सी
पाल्पा जिल्लाको तिँनाउ गाउँपालिका –५ चरचरेमा स्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना भएको छ । दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको र दुई जना घाइते भएका छन् । विहीबार बेलुका ४ः४५ बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु .१ च ७७८० नम्बरको डबल क्याप जिप दुर्घटना भाएको छ । दुर्घटनामा रामपुर नगरपालिका ३ का ४३ बर्षीय सूर्य प्रसाद श्रेष्ठको दुर्घटनामा मृत्यू भएको छ ।
दुर्घटनामा गडि चालक निस्दी गाउँपालिकाका २७ बर्षीय खेम वहादुर खाम्चा र रामपुर नगरपालिकाका ४६ बर्षीय टुक नारायण श्रेष्ठ घाइते भएका हुन् । श्रेष्ठको अवस्था गम्भीर र खाम्चाको अवस्था सामान्य रहेको छ । घाइते भएका दुवै जनालाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा पठाइएको छ । जिपमा खाद्यन्ना सामाग्रीम चामल तेल धटो र बाँकी घरको लागि विद्युत्का सामाग्री ल्याको थियो जिप आफै अनिययन्त्रित भई सडक देखि करिब ३ सय मिटर तल खसेको हो ।




















