बैशाख २५ । यही ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि केन्द्रिय अनुगमन टोली खटाएको छ । आयोगले बढी मतदाता भएका क्षेत्र, सुरक्षा लगाएतका बिषयमा संवेदनशील मानिएका क्षेत्रहरुमा नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको नेतृत्वमा १७ जिल्लामा केन्द्रिय अनुगमन टोली खटाएको हो । उक्त टोलीले उम्मेदवारको खर्चको सिमा, आचारसंहिताको पालना, मौन समयमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनियता र स्वच्छता बिषयमा अनुगमन गर्ने निर्वाचन आयोगले बताए ।
निर्वाचनको व्यवस्थित तयारी भईसकेकाले समग्र पक्ष र आचारसंहिताको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपर्ने भए टोलीलाई अधिकार दिइएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । थपलियाले निर्वाचनलाइ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन आग्रह, पूर्वाग्रह नराखी ऐन कानुन बमोजिम अनुगमन गर्न केन्द्रिय अनुगमन टोलीलाई निर्देशन दिनुभएको छ ।
आचारसंहिता विपरीत कुनै पनि कार्य भएमा निर्ममतापूर्वक कारबाही गर्न निर्देशन दिनुभयो । थपलियाले मतगणना बिथोल्ने प्रर्वति देखिएमा जिल्ला प्रशासन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय लगाएत निकायसंग समन्वय गरी स्थितीलाई सामान्य तुल्याउन र सहजीकरण गर्न आग्रह गर्नुभयो । आउँदो जेठ ५ गते सबै जनप्रतिनिधीको कायैकाल समाप्त हुने भएकाले सो अवधीभित्र मतगणना सम्पन्न हुने गरी जनशक्ति पठाइएको भएकाले आयोगका तर्फबाट मतगणनामा ढिलाई हुन नहुने पनि थपलियाले स्पष्ट पार्नुभयो ।




















