बुद्धभूमि ३ को वडाध्यक्षमा एमालेका बिकास आचार्य पुनः विजयी, यस्ता छन् प्रतिवद्धता

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा गोबिन्द प्रसाद आचार्य (विकास) विजयी हुनुभएको छ ।
नेकपा एमालेका उम्मेद्वार आचार्य यसपालिको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा लोकप्रिय मतका साथ विजयी भई नगरमै उत्कृष्ट कार्य गर्न सफल आचार्य यस पटकको चुनावमा पनि विजयी हुनुभएको हो । युवा नेता, प्रखर वक्ता तथा लोकप्रिय नेताका रुपमा परिचित आचार्य नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सचिवालय सदस्य, अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएको छ ।

३१ बर्षका वडाध्यक्ष पदका उम्मेद्वार युवा नेता आचार्य एमालेको तर्फबाट बुद्धभूमि नगरपालिकाका सबै वडाका वडाध्यक्ष पदका उम्मेद्वार मध्ये सबै भन्दा कान्छो जनप्रतिनिधिको रुपमा छनौट हुुनुभएको छ । २५ बर्षको सानो उमेरमै गत स्थानीय तहको निर्वाचनमा निर्वाचित आचार्यले नगरमै उत्कृष्ट कार्य गरेकाले वडावासीले ढुक्क भएर जिताएको बताईएको छ ।

उहाँले वडामा रहेका अधुरा काम पुरा गर्ने र वडालाई समृद्ध बनाउने बताउनुभयो । आचार्यले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आचार्य वडाध्यक्षका उम्मेद्वार भएसंगै वडावासी तथा युवावर्ग उत्साहित भएका छन् ।

 


प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार २१:३८