जेष्ठ ९ गते । काठमाडौकों उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु र तीन जना घाइते भएको छन् । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको आइतबार बिहान र बागलुङको ढोटपाटन नगरपालिका–७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङले लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी बुढाथोकीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोही ठाउँमा चट्याङ पर्दा विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ ।




















