ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सेवा प्रवाहमा कर्मचारी र जनप्रतिनिधिको अन्तरसम्बन्ध

लुम्बिनी दर्पण २०७९ जेष्ठ ९, सोमबार २२:५३
[sharethis-inline-buttons]

                                टेकराज पंन्थी

नेपालमा ७५३ स्थानीय तह, ७ वटा प्रदेश सरकार र संघीय सरकार गरी तीन तहको सरकारबाट शासन सञ्चालन भै रहेको छ । स्थानीय तहले पनि सङ्घीय कानुन र प्रदेश कानुनसँग नबाझिने गरी कानुन बनाउन पाउने अधिकार पाएको छ । त्यसैले तीनतहका सरकारबाट कानुन निर्माण गरी सेवा प्रवाह हुदै आएको छ । स्थानीय सरकार वा स्थानीय तह जनताको नजिकको देखिने, सुनिने र छिट्टै अनुभूत गरिने सरकार हो । स्थानीयतहलाई छुन सकिने, चिमोट्न सकिने सवै भन्दा नजिकको सरकार मानिन्छ । ग्रामीण तथा सहरी दुवै क्षेत्रमा जनतासँग प्रत्यक्ष सरोकार र सम्बन्धित हुने यो सरकारको योग्यता, क्षमता, क्रियाशीलता, इमान र विश्वसनीयता शासन प्रणालीमा सर्वाधिक महत्वका पक्ष हुन्। माथिल्लो तहका सरकारहरू कतिपय विषयमा जनतामा पुग्ने माध्यम यिनै स्थानीय सरकार हुन् । तसर्थ स्थानीय सरकार नै प्रभावकारी सेवा प्रवाहका पर्याय हुन भन्न सकिन्छ ।

नेपालको संघीय शासन प्रणाली आफ्नो पाँच वर्ष पूरा गर्ने तरखरमा छ। राज्यशक्तिको बाँडफाँट संघ, प्रदेश र स्थानीयतह गरी मूलतः तीन तहमा गरिएको छ। तीन तहबाट आफ्नो अधिकारको प्रयोग भइरहेको छ। निर्वाचित प्रतिनिधिहरू शासन सञ्चालनमा तल्लीन छन् । बहुतहको शासन प्रणाली र धेरै निर्णयकर्ता हुने संघीय शासन प्रणाली नेपालको लागि नयाँ व्यवस्था हो । यो प्रणाली आएपछि सबै अपेक्षा पूरा हुने, समस्या समाधान हुने र उन्नति–प्रगति हुने अचुक साधनका रूपमा लिदै आइएको छ । एकल, साझा र अवशिष्ट अधिकार प्रयोग सम्बन्धित तहले गरिरहँदा संघीयतालाई सहज हुनुपर्ने हो । तापनि थुप्रै कमी कमजोरी भएको सुनिदै आएको छ ।

संघीयताको समग्र खर्च पक्ष, राजनीतिक खर्चमा वृद्धि र अपेक्षित सेवामा विलम्ब औंल्याउँदै यो प्रणाली माथि नै प्रश्न उठ्न थालेका छन् । राजनीतिक धर्म, प्रशासनिक र प्राविधिक कर्म एवं सामाजिक सकारात्मकता तथा धैर्यको कसीमा राखेर क्षमता, इमान र साधनको पूर्ण परीक्षण नगरी अहिल्यै संघीयतालाई दोष दिनु न्यायोचित हुने छैन । तर संघीयतालाई आवश्यक पर्ने राजनीतिक संस्कार, आचरण, व्यवहार र प्रशासनिक सुजबुझ तथा सक्रियता कति छ भन्ने प्रश्नको उत्तर खोज्नु प्रासंगिक हुनेछ । शासन प्रणालीको ढाँचा परिवर्तन भएपछि तदअनुरूप व्यवहार परिवर्तन हुनुपर्छ र तहगत एवं सम्बद्ध पक्षबीच सुमधुर अन्तरसम्बन्ध हुनुपर्छ भन्ने अपेक्षाको सेरोफेरोमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीचको अन्तरसम्बन्धमा केन्द्रित हुनेछ।

नेपालमा स्थानीय तहको अनुभव आधा शताब्दीभन्दा बढीको छ । कानुनी, प्रत्यायोजित र केन्द्र निर्देशित विकेन्द्रीकरणको छरिएको अभ्यासलाई स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा एकीकृत गरी कार्यान्वयन प्रयास गरिएको थियो । स्थानीय तहमा संस्थागत विकास, कर तथा सेवा शुल्कको आरम्भ, सामाजिक सशक्तीकरण र विकासको अभ्यास उक्त ऐन कार्यान्वयन अन्तरगतका उपलब्धिहरू हुन् । यसै अन्तर्गतको सामुदाय सचेतना र सामाजिक सशक्तीकरणलाई पुनः संरचित स्थानीय निकायबाट रूपान्तरित सबल स्थानीय सरकारको सामाजिक पुँजीका रूपमा लिन सकिन्छ । अहिले स्थानीय सरकार समक्ष जनताका आफ्ना माग र सरोकार सहजै राख्न सक्छन् । सचेत र जिम्मेवार सेवाग्राहीको कमी छैन । निर्वाचित जनप्रतिनिधिले मौजुदा सामाजिक पुँजीको उपयोग गर्न सके छिटो नतिजा हासिल गर्नुका साथै संस्थागत सुसंस्कार र स्थानीय सुशासन कायम गर्नमा टेवा पुग्न सक्छ ।

नेपालको संविधानले मार्गनिर्देश गरेको सहकार्य, सहअस्तित्व र समन्वयकारी भूमिका तीनै तहका सरकारले निर्वाह गरी स्थानीय तहबाट दिने भनेका संवैधानिक सेवा, अधिकार प्रचलन र विकास दिलाउन सकारात्मक र सक्रिय सहयोग गर्नु–गराउनु माथिल्लो तहका सरकारको कर्तव्य हो । तर, राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीचको अन्तरसम्बन्धलाई संघीयताको मर्मअनुरूप व्यवहारमा ल्याउन अज पनि बाँकी नै रहेको विज्ञ तथा स्थानीय तहका निर्वाचित पदाधिकारीहरू बताउँछन् । स्थानीय तहले नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा गर्ने अभ्यास गरिरहेका छन् । तर जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको अन्तरसम्बन्ध सुदृढ हुन सकेको पाइँदैन । केन्द्रकै कर्मचारी समायोजन हुँदा केन्द्रका पद र स्थानीय तहका पदहरूबीच पूर्ण मिलान र अन्तरघुलन पाँच वर्षसम्म पनि हुन सकेको छैन। प्रायः सवै स्थानीयतहमा अजसम्म दरबन्दी अनुसार कर्मचारी पदपूर्ति हुन सकेका छैनन् ।

जनशक्तिको आवश्यकता, माग र आपूर्तिबीच तालमेल नमिल्नु र केन्द्रबाट गएका कर्मचारीको केन्द्रीकृत सोच, अनुभव एव स्थानीय तहका जनप्रतिनिधिको स्थानीयताको ज्यादा गुरुत्वबीच सामञ्जस्य कायम हुन नसक्दा कार्यसम्पादन र सेवा प्रवाहमा समस्या र अस्पष्टता देखिएका छन् । अघिल्ला जनप्रतिनिधिहरूबाट यस्ता समस्यालार्इ खासै समाधान तर्फ लागेको देखिएन । तसर्थ यी र यस्ता समस्या समाधान गरी स्थानीय तहका शक्ति, अधिकार, स्रोत र जनशक्तिको सन्तुलित उपयोग गरी अपेक्षित नतिजा ल्याउन जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर, कामकाजी र परस्परमा विश्वासको वातावरणसहित सुदृढ अन्तरसम्बन्ध आवश्यक हुन जरुरी छ।

जनप्रतिनिधि र कर्मचारीको अन्तरसम्बन्धको सेतु विचार र व्यवहार हो। स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच दुइवटा अतिवादी सोच मडारिएको अनुभूत गर्न सकिन्छ । पहिलो– जनप्रतिनिधिहरूमा स्थानीयताको प्रचुर सोच, दबाब, लोकप्रियताको बढी आकर्षण ९जीजीविषा० र अवसरको शीघ्र उपयोग र दोस्रो– कर्मचारीहरूको केन्द्रीयताको सोच, अनुभव र तजविजी अधिकार प्रयोगको बानीलाई स्थानीय उच्च महत्वाकांक्षामा मिलान गरी व्यवहारमा रूपान्तर र शीघ्र नतिजा ल्याउनमा प्रतिबद्धता र क्षमताको कमी रहनु नै हो । यी दुई फरक सोच र व्यवहारलाई मनन गरी दुवै पक्षले यथार्थ बुझी समन्वय र अन्तरसम्बन्ध सबल बनाई उच्च प्रतिफलयुक्त कार्य–संस्कृतिको विकास गर्नु समयको माग हो।

संविधान र नेपाल सरकारले स्वीकृत गरेको कार्यविस्तृतीकरण प्रतिवेदनले स्थानीय तहलाई यथेष्ट अधिकार दिएकाले वित्तीय स्रोतमा पनि विगतको तुलनामा व्यापक वृद्धि हुन गएको छ । राजस्व पनि बढी उठाइएको छ । तर सेवा–प्रवाहमा सुधारको खासै उल्लेख हुने गरेको पाइँदैन । यसले स्थानीय तहको नेतृत्वमा कुशलता, इमानदारी र जवाफदेही माग गर्छ । नेतृत्वको आधारभूत गुणमध्ये महत्वपूर्ण गुण सिकाइ वा सिक्ने प्रवृत्ति हो । तसर्थ हाम्रा जनप्रतिनिधिका सीप जान्नु र क्षमता बढाउनु उपयोगी हुनेछ । यसैगरी राजनीतिशास्त्रमा राजनीतिज्ञका तीनवटा आधारभूत योग्यता चाहिन्छ भनी उल्लेख गरेको पार्इन्छ । कानुनको शासनप्रति लगाव, कार्यालय सञ्चालनका लागि आवश्यक क्षमता र  न्याय गरी तीनवटा योग्यताको उल्लेख गरेको पार्इन्छ । हाम्रो राजनीतिक र प्रशासनिक संस्कारले यी तीन पक्षमा विशेष ध्यान दिनु संघीयतालाई टेवा पुर्यािउनु हुनेछ ।

स्थानीय तहमा त्यही कार्यरत साविकका स्थानीय निकायका कर्मचारी, निजामती सेवा र साविकका जिल्ला विकास समितिबाट समायोजन भएका कर्मचारी छन् । सर्वप्रथमतः यी समायोजन भएका थरी थरीका कर्मचारीहरूमा एकीकरण, समान सोच, समाञ्जस्य र समन्वय हुन जरुरी छ । यसैगरी केन्द्रबाट गएका कर्मचारीले केन्द्रको विगत बिर्सेर आफूलाई स्थानीयकरण गर्न सक्नुपर्छ । कार्यविवरण अनुसार काम गर्ने सेवामुखी र नतिजामुखी सोच एवं सरल कार्यविधिका साथ क्रियाशील रहन सकेमा कार्य दक्षता बढ्नेछ । कर्मचारीलाई कार्य सम्पादनमा सघाउ पुग्ने अनुकूल वातावरण मिलाउने दायित्व र कर्तव्य राजनीतिक नेतृत्वको हो। स्थानीय नेतृत्वले निजामती सेवाबाट आएका कर्मचारीबाहेक साविकका स्थानीय निकायका कर्मचारी, शिक्षकलगायतका राष्ट्रसेवकहरूको परिचालन, समन्वय र सहकार्य अघि बढाउन सक्नुपर्छ । स्थानीय तहका नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू एकअर्काका सहयोगी हुन् प्रतिस्पर्धी होइनन्।

मूलतः निर्वाचित जनप्रतिनिधिले जनताबाट प्राप्त मत तथा अधिकार संविधान र कानुनबमोजिम प्रयोग गर्नुपर्छ । आफू, आफ्नो मान्छे, आफ्नो दल मात्र होइन कि आफूले प्रतिनिधित्व गरी जिम्मा पाएको संगठन वा संस्थाको समग्र जिम्मेवारीप्रति व्यावसायिक दक्षता, इमान्दार र जवाफदेही ढंगबाट कार्य सम्पादन गर्ने–गराउने दायित्व निर्वाचित जनप्रतिनिधिको हो । कर्मचारीको शक्ति भनेको विज्ञता हो। आफूसँग भएको विज्ञता र बढाउन सकिने विज्ञताको आफू कार्यरत संगठनको उद्देश्य प्राप्तिमा पूरा उपयोग गर्नु कर्मचारीको धर्म हो । राजनीतिज्ञ र राष्ट्रसेवकहरूको समन्वयात्मक सहयोगी र परम्परागत विश्वासको कार्य–संस्कृति नै स्थानीय तह सञ्चालन तथा व्यवस्थापनको सफलताको आधार हो। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको अन्योन्याश्रित सम्बन्ध हुन्छ । जनतासँग प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्य क्षेत्रमा काम गर्दा तत्कालै निर्णय निरूपण तथा कार्य सम्पादन गर्नुपर्छ। जनप्रतिनिधिले धर्म नछाड्ने र राष्ट्रसेवकहरूले धर्म र कर्म दुवै नछाड्ने संस्कार विकास गर्न सकेमा संविधानको मर्म, संघीयताको अपेक्षा र जनताका चाहना अनुरूप स्थानीयतह ब्यवस्थापन र सञ्चालन हुन सक्छन् ।

स्थानीय तहको व्यवहारबाट समग्र प्रशासकीय प्रणालीको मूल्यांकन गर्न सकिन्छ । जनमुखी, प्रतिबद्धसमक्ष सक्रिय र निष्पक्ष स्थानीय सरकारले लोकतन्त्रको जगेर्ना गर्दै सोको अनुभूति दिलाउन सक्छन्। यसका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच सुमधुर अन्तरसम्बन्ध हुन आवश्यक छ । जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सेवाग्राहीको समन्वय एवं साझेदारीमा स्थानीय सरकार सफल हुन सक्छ। एउटाले अर्काको कार्यक्षेत्रको सीमा, अन्तरसम्बन्ध र सहकार्य बुझेर कार्य सम्पादन गर्न–गराउन पद्धति विकसित गर्नु जरुरी छ । दुवै पक्षले जनताका लागि काम गर्ने भएकोले यस्ता विषयमा ध्यान दिनु पर्दछ ।

सार्वजनिक काम गर्दा–गराउँदा सामूहिकताको भावना अपरिहार्य हुन्छ । यसमा कोही ठूलो, सानो र आफ्नो पराइ हुँदैन । सबैभन्दा मुख्य काम सेवा प्रवाह नै हो। सामूहिक जिम्मेवारी तोकिएर सँगै काम गर्दा कोही–कसैको प्रतिस्पर्धी हुँदैन, सहयोगी र सहकर्मी हुन्छ । कार्यसम्पादन र नतिजा प्राप्तिमा प्रतिस्पर्धा भई जनतालाई अधिकाधिक सेवा दिनु साझा अभीष्ट हो । यसैले इमान, योग्यता, क्षमता, सक्रियता र समन्वयबाट कार्यसम्पादन गर्न–गराउन जनप्रतिनिधि र कर्मचारी निरन्तर क्रियाशील हुनुपर्छ । अन्तरसम्बन्ध सुमधुर बनाई जनप्रतिनिधिले धर्म नछाड्ने र राष्ट्रसेवकहरूले धर्म र कर्म दुवै नछाड्ने संस्कार विकास गर्न सकेमा संविधानको मर्म, संघीयताको अपेक्षा र जनताका चाहनाअनुरूप स्थानीय तह व्यवस्थापन र सञ्चालन हुनेछन्।

जनप्रतिनिधिबाट कर्मचारीको कामको कदर हुनुपर्छ । कर्मचारीहरूले उत्प्रेरणालाई गन्तव्यको सहयोगी साधन हो भन्ने सम्झनु पर्दछ । जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही हामी सवै आशावादी हुनु सिर्जनाको सुरुआत हो । अनुशासन, आत्मविश्वास र सकारात्मक सोचले पद्धति र व्यक्ति दुवैलाई फाइदा हुन्छ । नियम, कानुन, नीति र मापदण्ड पालनामा उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ । दबाब र प्रभाव भन्दा शुद्धता र तटस्थतामा ध्यान पुर्या्एमा पद्धति विकसित हुनलाई सहयोग पुग्छ । जनप्रतिनिधि र कर्मचारीहरू दुवै पक्षले सुशासन, सेवा प्रवाह र विकासमा जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी एउटै उद्देश्य प्रप्तिमा काम गर्नुपर्दछ।

हालै निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरू मध्ये अधिकांश नयाँ अनुहार र केहि पुराना जनप्रतिनिधिहरू पनि दोहोरिएकोले सवै जनप्रतिनिधिहरूको क्षमता विकास तथा तालिम प्रदान गर्नु जरूरी छ । यसरी जनप्रतिनिधिहरूलार्इ क्षमता विकास गरि सुशासन र सेवा प्रवाह प्रभावकारी गराउनु जरूरी देखिन्छ । कर्मचारीहरूले आफ्नो अधिकार, जिम्मेवारी र कर्तब्यको पालना गरी जनप्रतिनिधिहरूलाई पूर्ण सहयोग गर्नु पर्दछ । यसरी जनप्रतिनिधिहरू र कर्मचारीहरूले अधिकार, जिम्मेवारी, दायित्व र कर्तब्य पालना गर्दा आआफ्नो सीमा भित्र रहेर सेवाप्रवाहलाई चुस्त, दुरूस्त र प्रभावकारीसेवा प्रवाह गर्नु पर्दछ । यसैलाई जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरसम्बन्ध भन्ने गरिन्छ ।

अन्त्यमा, स्थानीय तह अर्थात स्थानीय सरकार भनेको प्रत्यक्ष रूपमा जनतासँग सम्पर्क हुने भएकाले कार्य क्षेत्रमा काम गर्दा तत्कालै निर्णय, निरूपण तथा कार्य सम्पादन गर्नु पर्ने हुदा जनप्रतिनिधिले धर्म नछाड्ने र राष्ट्रसेवक कर्मचारीहरूले धर्म र कर्म दुवै नछाड्ने संस्कारको विकास गर्न सकेमा जनप्रतिनिधि र कर्मचारीको अन्योन्याश्रित सम्बन्ध विकसित भै सेवाप्रवाह र जनचाहना बमोजिंमको कार्यसम्पादन हुनेमा विश्वास गर्न सकिन्छ ।

(लेखकः नेपाल सरकार उप-सचिव एवं वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

 


प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार २२:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुँदा के(के पर्नेछ प्रभाव ?

ऊर्जामन्त्री खड्कालाई कुलमानको ुकाउन्टरु जवाफ– ‘कसैले भन्दैमा लोडशेडिङ हुँदैन’

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिबन्ध सदर

टिकटकमाथि प्रतिबन्ध लगाउने कानून रोक्न ट्रम्पको आग्रह

काठमाडौं महानगरपालिकामा आज बुधबारदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक।

१४ औं कपिलवस्तु महोत्सवको तयारी तिब्र : ५० प्रतिशत काम सकियो

टुना टेक्नोलोजी १० करोडको लगानीमा सुरु भएको आइटी सफ्टवेयर सेवा, अव बिदेशमा  शाखा खोल्ने तयारी 

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

चीनद्वारा अन्तरक्षि स्टेशन आपूर्तकिा लाग िकार्गो क्राफ्ट टयिानझाउ(५ प्रक्षेपण

आचारसंहिताले छपाइ व्यवसाय घट्यो

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech