जेष्ठ १२ गते।
रुपन्देहीको सियारी गाउँपालिकामा स्वस्थ जीवनशैली प्रवर्धन प्रकृतीमैत्री समन्धी जनचेतनात्मक कार्यक्रम सुरु भाएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाको प्रमुख रोमनाथ न्यौपानेले मानिसका लागी स्वस्थ नै सबैभन्दा ठुलो धन भएको बताउनु भयो । कायक्रममा गाउँपालिका वडा नं. ३ का अध्यक्ष रामचन्द्र कुर्मी लगाएत २३ जनाको सहभगित रहेको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका अध्यक्ष नलिन नाथ तिवारीको अध्यक्षतामा तथा नविन आर्यलको संचालन कार्यक्रम सुरु भएको हो ।




















