जेष्ठ १६ गते।आजको मौसम केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । आज जल तथा मौसम विज्ञान विभागले प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने जनाएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
आज केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताए ।




















