बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१० बेनतेनी का राम कृष्ण थारुलाई चितुवाको आक्रमणमा परि घाइते भएका छन् ।प्रहरीका अनुसार आज विहान ५५ वर्षीय राम कृष्ण थारुलाई चितुवाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जग्गनाथ मरासिनीले बताए ।
प्रहरी निरिक्षक मरासिनीका अनुसार घाइते अवस्थामा आएको चितुवालाई नियन्त्रण गर्न खोज्दा थारुलाई आक्रमण गरेको हो । साथै, चितुवालाई स्थानीयले नियन्त्रण पश्चात मरेको छ । घटनाका सम्बन्धनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















