रुपन्देही । जनभावना मा.वि तिलोत्तमा नं. ८ दीवनगरमा एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । साथै विद्यालय व्यास्थापन समितिका सदस्य एंव समाजसेवी दिपक राज घिमिरेले आफ्ना बुवा खिमानन्द र आमा गौरी देवीको स्मृतिमा कक्षा ६ देखि १० सम्मा २५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई एक बर्ष सम्मका लागि कापी तथा कलम प्रदान गर्नु भएको छ । तिलोत्तमा नगरपालिक वडा नं. ८ का नवनिर्वाचित जनप्रतिनिधि कृष्ण पौडेल र सदस्यहरु खुम बहादुर खासु, कमल कान्त गौतम, कमला पराजुली र सावित्रि दमाईलाई अविर माला र खादाले सम्मान सहित बधाई तथा शुमकामना व्यक्त गरिएको कार्यक्रममा अध्यक्षता वि.व्य.स. अध्यक्षा लाल बहादुर थापा , सवागत मन्तव्य प्राचार्य सम्भु प्रसाद पराजुली र कार्यक्रमको सञ्चालन सालिक राम भुसालले गर्नुभएको थिए ।




















