तिलोत्तमा जेठ २२
प्रकाश गौतम
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अब चुनाबी प्रकृया सकिएकाले तिलोत्तमाको बिकाशको लागी मिलेर काम गर्ने बताउनु भएको छ ।
उहाले अब नगरमा हिजो भएका राम्रा कामलाई निरन्तरता दिने बताउदै नगरका हरेक टोल बिकाश संस्था सगं सहकार्य गरि अधि बढने बताउनु दाबि गर्नु भयो । विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमाको मणिग्राममा खानेपानि तथा सरसफाइ उपभोक्ता महासघ रुपन्देही तथा देवदह साझेदारी बन उपभोक्ता समुहले आयोजना गरेको कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उप प्र्र्रमुख जागेश्वरी चौधरीले वातावरण तथा सरसफाइको क्षेत्रमा नगरको हिजोको पहिचानलाई कायम राख्ने बताउनु भयो । जलस्रोत उर्जा तथा सिंचाइ डिभिजन रुपन्देहीका प्रमुख बिष्णु पौडेल , घरेलु तथा साना उद्योगक महासघं लुम्बिनीका प्रमुख नेत्र प्र्र्र पाठक , १६।३६ सयुक्त सिचाइ प्र्रणालीका सभापति यज्ञ गैर सव डिभिजन बन कार्यालय तिलोत्तममाका प्रमुख सुर्य मैनालीले बन, वातावरण, पानी र सरसफाई एक अर्काका परिपुरक रहेको भन्दै एक दिन मात्र वातावरण दिवस मनाएर मात्र नहुने बताउनु भयो । कार्यक्रममा खानेपानि तथा सरसफाइ उपभोक्ता महासघ सियारीका अध्यक्ष झपेन्द्र्र्र अर्याल , उद्योग बाणीज्य सघं तिलोत्तमाका अध्यक्ष गुणनिधि भन्डारी जनसहभागीता वास सहकारीका अध्यक्ष खेम गौतम लगायतले बोल्नु भएको थियो ।
खानेपानि तथा सरसफाइ उपभोक्ता महासघ रुपन्देहीका अध्यक्ष धुर्ब कुमार धितालको अध्यक्षता , देवदह साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष अकवाल खाँ को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।




















