काठमाडौँ । सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य पशासनमन्त्री रजेन्द्र श्रेष्ठले बताए । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने उनले बताए । बैशाख २६ गतेको मन्त्रिपरिषख बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा दूई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । यसै बीच हप्तामा दूई दिन बिदा दिने निर्णयविरुद्ध सर्बोच्च अदालतमा रिट पनि परेको छ । अधिवत्ता रामबहादुर शाही, तेजकुमार लोहिया , सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारी बिनै हप्तामा २ दि बिदा दिने निर्णय गरेकाले उत्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।




















