जेठ २५ दाङ, । दाङमा एक महिलाले १६ दिने छोरीलाई सेफ्टी ट्यांकीमा फालेर मारेकी छन् ।उनि राप्ती गाउँपालिका वडा नं–३ मसुरिया निवासी एक १५ वर्षीया आमाले १६ महिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर मारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले बताउनुभयो ।आज विहान ४ बजेतिर ती १५ वर्षीया आमाले आफू ट्वाइले (चर्पी) गएको समयमा छोरी हराएको भनेर गाउँमा हल्ला गरेकी थिइन । त्यसपछि ईलाका प्रहरी कार्यालय भालुवाङबाट घटना स्थलमा गएर प्रहरीले घटनाका बारेमा बुझेको थियो ।
शंकास्पद देखेपछि प्रहरीले आमालाई पक्राउ गरेर सोधपुछ गरेपछि आमाले नै सेफ्टी ट्यांकीमा फालेको खुलेको प्रहरी प्रमुख काफ्ले बताउनुभयो । ‘विहान सेफ्टी ट्यांकीमा शिशु भेटिएको खबर आयो । दुध खुवाउँदा आफ्नो दुध नआएको र छोरी रोइरहेपछि त्यहि रिसको समयमा १६ १६ दिने छोरीलाई सेफ्टी ट्यांकीमा हालेको बुझिएको काफ्लेले बताउनुभयो । शिशुको शवलाई अहिले लमही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।




















