जेष्ठ २६ । गुल्मीमा जेसिबिले ढुङ्गा पल्टाउदा विद्यालय जादै गरेका विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका ३ मा स्थानीय मैदान ठुलापोखराको ग्राभेल भएको बाटो सोर्न क्रममा पल्टिएको ढुङ्गाले स्थानीय पृथ्वी माविमा अध्ययन गर्ने १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको हो । बिहान करिब ९ः३० बजे तिर ८५८ (इएक्स) नम्बरको जेसिबिले पल्टाएको ढुंगाले लागेर घाइते भएका बालकलाई वडागाउँ स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चायत तम्घास लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रायमाझीको शब पोष्टमार्टमका लागि गुल्मी अस्पताल राखिएको छ भने घटना बारे अनुसन्धान भैइरहेको छ ।




















