जेष्ठ २६ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर विधीबाट परीक्षण १ हजार ६ सय ५५ जनामा परीक्षण गर्दा १२ जना र एन्टिजेन विधीबाट १ हजार ९८ जनामा परीक्षण गर्दा १० गरी कुल २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए।
आज ९ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । आज एकैदिन १ लाख १७ हजार १सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।




















