जेष्ठ २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर विधिबाट १ हजार ९ सय १५ जनामा परीक्षण गर्दा ७ जना र एन्टिजेन विधीबाट १ हजार १ सय ५५ जनामा परीक्षण गर्दा १० गरी कुल १७ जनामा केरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए ।
आज ७ जना सङ्क्रमणमुक्त भएका छन । सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको छ । आज ८० हजार ५ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



















