जेठ २८। कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले बताए । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका ९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।
प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीको अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।




















