जेष्ठ २८ गते । तिलोत्तमामा मिलन बाल समुहद्धारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमा नगरपालिकाको वडा नं. ८, को मिलन बाल समुहद्धारा आयोजन गरिएको हो । कार्यक्रममा यसै समुहका सम्पूर्ण बालबालिकाहरु मिलेर यो कार्यक्रम सम्पन्न गरेका छन् । नगरपालिकालाई समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर शहर सशसनयूक्त, पर्यटकीय र समृद्ध नगर बनाउने उदेशयले यो कार्यक्रम गरिएको हो ।




















