जेष्ठ २८ । काठमाडौं उपत्यकामा आज बिहान २ः३७ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ म्याग्निच्युडका भूकम्प गएको हो ।
केन्द्रले भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताएको छ । यो नयाँ कम्पन नभएर गोरखा भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।




















