भैरहवा, २९ जेठ ।रुपन्देहीको मायादेवी गाउँपालिकाको फ्युचर लाइट हाई स्कूलमा ११ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।रोजगारीको सिलसिलामा अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालयले पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित फ्युचर लाइट हाई स्कूलमा ११ जना विद्यार्थीहरूलाई जनप्रतिनिधिको उपस्थितिमा दोस्रो वर्ष पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
नेपाली कुनै कारणले देश नफर्किएको अवस्थामा त्यस्ता परिवारका बालबालिका पढाइबाट वञ्चित नहोस् भन्नका लागि अहिले दोस्रो वर्ष पूर्ण छात्रवृत्ति प्रदान गरिएको विद्यालयका सञ्चालक सन्ध्या गुरुङले बताइन् । ‘कार्यक्रमकै अवसरमा विद्यालयले निर्वाचित जनप्रतिनिधिलाई सम्मान, ५ जना विज्ञान प्रोजेक्टका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन सहितको सम्मान र चार जना सामाजिक सेवक विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले सम्मान र छात्रवृत्ति प्रदान गर्दै गाउँपालिकास्तरबाट पनि यस्ता उत्कृष्ट कार्यक्रमहरूबारे योजना बनाउने बताए । पालिकामा करिब २ दर्जन सामुदायिक विद्यालय, ८ वटा मदरसा र २८ वटा निजी विद्यालय भए पनि त्यसमध्येका केही विद्यालय पालिकाकै नमूना विद्यालयको रूपमा रहेको बताए




















