जेठ ३१दाङ, । बाँकेको विद्यालयमा गर्मी विदा ३ दिन थप गरिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि जेठ २७ गतेदेखि ५ दिनलाई विद्यालय बन्द गरिएको थियो ।तर अझै गर्मी कम हुन नसकेको भन्दै नेपालगञ्जमा थप ३ दिन गर्मी विदा दिइएको छ । अब सार्वजनिक तथा निजी विद्यालयहरु असार ४ गते खुल्नेछ ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखका शाखा अधिकृत लोकेन्द्र बहादुर शाहीले सुचना निकालेर यसको जानकारी दिनुभएको हो।




















