
रुपन्देही, ३१ जेठ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबीका कारण मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट काठमाडौंका उडान भरेको जहाज भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज मंगलबार बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दहालले बताए ।महाप्रबन्धक दहालका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । भैरहवामा करिब एक घण्टा बिताएर जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ६ः५० बजे सकुशल अवतरण गरिसकेको छ।