लुम्बिनी प्रदेशकी राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

[sharethis-inline-buttons]

जेठ ३१दाङ, । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान एक महिलालाई घरमा नै गएर कुटपिट गरेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।तुलसीपुर उपमहानगरपालिका ५ स्थित सब्जिमण्डीको एक घरमा गएर एक महिलालाई हातपात गरेपछि,’ उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौँ, ‘ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन बहादुर स्वरले भन्नुभयो, घटनाबारे बुझिरहेका छौँ ।’
राज्यमन्त्री वलीले आज विहान करिब ८ बजेतिर एकराज बस्नेको घरमा नै पुगेर महिलामाथि हातपात गरेकी हुन । यसअघि बस्नेत र वलीबीचको प्रेम सम्बन्ध रहेको कुरा बाहिर आएको थियो ।तर उनीहरुले उक्त कुराको खण्डन गरेका थिए ।


प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार १६:५५