
असार,१ काठमाडौं । काठमाडौंको विमानस्थलमा चेकजाँचका गर्ने क्रममा एक जना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको छ । काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहको ह्याण्ड ब्यागेज एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको हो ।
विमानस्थलको आन्तरिक उडानतर्फ प्रस्थान कक्षको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।
उनी बुद्ध एयरको उडानमार्फत जनकपुर जान लागेकी थिइन् । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त, गौशाला पठाइएको छ ।