तिलोत्तमा ,असार १। तिलोत्तमा एफ एमको चौथो वार्षिक उत्सवको सप्ताहा व्यापी कार्यक्रम आजबाट सुरु भएको छ । सप्ताहाव्यापी कार्यक्रम अन्तगत आज तिलोत्तमाका सञ्चार मध्यमका अवसर र चुनौती विशयक अन्तरक्रिया कार्यक्रम आज तिलोत्तमामा सम्पन्न भएको छ । तिलोत्तमा एफ एमको चौथो वार्षिक उत्सवको सप्ताहाब्यापी कार्यक्रम अन्तरगत उत्तm कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जनता टुडेका संचालक रेखा भुषालले प्रत्रकार भइसकेपछी पार्टीगत रुपमा समाचार नलेखी तटस्थ भएर समाचार लेख्नुपर्ने कुरामा जोड दिनुभयो । पत्रकारीताको नियममा रहेर समाचार लेख्ने हो भने विश्वसनीयताका साथै सन्चार क्षेत्रमा जति चुनौती छ अवसर पनि त्यत्ती नै रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सन्चार माध्यमहरुलाइ विभेद भैरहेको बताउदै यस्तो हुन नहुने बताउनु भयो । स्थानीय तहको मुद्दामा सन्चार माध्यमहरुले सहकार्य गरेर काम गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै रेडियो नमस्तेका स्टेशन म्यानेजर कमला पाण्डेले कार्यक्रममा बोल्ने क्रममा नवनिर्वाचित जनप्रतिनिधि बाट सन्चार माध्यमबाट भएका कमजोरी सच्चिने आशा ब्यत्त गर्नु भयो । सबै मिडियाले विकासको अवसर पाउनुपर्ने कुरामा जोड दिनुभयो ।
तिलोत्तमाको चुनौती र अवसरको बारेमा भएको अन्तरक्रिया कार्यक्रमको सन्चालन तिलोत्तमा एफ एमका स्टेशन म्यानेजर टिकाराम घिमिरेले गर्नु भएको थियो ।




















