असार,१ चितवन । चितवनको इच्छाकामनामा पहिरोले पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका –४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले बताए।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितको सडक विभागको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ । सडक अवरुद्ध हुँदा काठमाडौं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु रोकिएका छन् ।




















