असार १ गते २०७९ । तिलोत्तमा नियमित सरसफाईको ८६ ओें संस्करण सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न। ९ को सिक्स लेन सडक मंगलापुर चोकमा ८६ ओें संस्करण सम्पन्न भएको छ। हरेक महिनाको १ र १५ गते हुने सो शृंखला अन्तर्गत आज सरसफाई अभियानमा सम्पन्न भएको छ । यस अभियानमा नगर प्रमुख रामकृष्ण खांडको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख राम कृष्ण खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने सुझाब ब्यक्त दिनु भएको छ । सो कार्यक्रममा निबर्तमान वडाअध्यक्ष नारायण न्यौपानेले विगत वर्षहरूमा जस्तै नगर सफाइ र हरियाली प्रबर्द्वन कार्यमा उल्लेख्य सहभागीता रहने र सो कार्यमा आफ्नो र पार्टीको समेत सक्दो सहयोग रहिरहने प्रतिबद्वता ब्यक्त गर्नु भएको थियो। नगर सफाई तथा हरियाली प्रबर्धन उद्घाटन कार्यक्रमको सन्चालन वडा नम्बर ९ का सचिव माया गैरेले गर्नु भएको थियो। कार्यक्रममा वडा अन्तर्गतका कार्यपालिका सदस्य, वडा सदस्यहरू, वडाका सम्पुर्ण टोल विकास संस्था पदाधिकारी, आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं ९ का आम नागरिकहरुको सहभगिता रहेको थियो।




















