असार १ गते २०७९ । रुपन्देहीका १६ पालिकाका लेखा शाखामा कार्यरत अधिकृत तथा कर्मचारीलार्इ ३ दिने अभिमुखीकरण तालिम कार्यक्रम शुरु भएको छ। तिलोत्तमा नगरपालिकाको सभाहलमा शुरु सो अभिमुखीकरणमा ई।एफ। टी।,अनलाइन भुक्तानी प्रणाली , संचित कोष ब्यबस्थापन सम्बन्धि जिज्ञासा तथा प्रश्नहरुको सहजीकरण कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका अध्यक्ष ससिन्द्र खातीले गर्नुभएको थियो। रुपन्देहीका १६ पालिकाका लेखा शाखामा कार्यरत अधिकृत तथा कर्मचारीलाइ ३ दिने स्थानिय तह संचित कोष ब्यबस्थापन सम्बन्धि ३ दिने अभिमुखीकरण तालिम कार्यक्रम शुरु भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाको आयोजनामा सोहि कार्यालयका प्रमुख बिष्णु प्रसाद गौतमको अध्यक्षतामा आजबाट शुरु भएको छ।
तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत मन्तब्यबाट शुरु सो कार्यक्रममा बोल्दै अध्यक्ष बिष्णु प्रसाद गौतमले पालिकाको सेवा प्रबाहसंगै आर्थिक क्रियाकलापलाई चुस्त दुरुस्त राख्न र संचित कोषलाई ब्यबस्थित गर्न यस तालिमले ठुलो सहयोग गर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले हरेक स्थानिय तहको आर्थिक पाटोलाई सबल बनाउन र योजना तथा बिकासको मोडलमा सहयोगी भूमिका खेल्न संचित ब्यबस्थापन तालिमले सकारात्मक सहजता ल्याउने बताउनुभयो। १६ पालिकाबाट सहभागी रहेका सो कार्यक्रमको संचालन को।ले।नि।का।का सुचना प्रबिधि अधिकृत नारायण ढकालले गर्नुभएको थियो।




















