ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवलमा ज्योतिनगरस्थित चुरे पहाडको पहिरो रोक्न वृक्षरोपण

Lumbini Darpan 3 २०७९ असार २, बिहीबार १५:२५

बुटवल । बुटवलको चुरे पहाडको पहिरो रोक्नका लागि वृक्षरोपण गरिएको छ । बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथसाथै वृक्षरोपण गरिएको हो ।बिहीबार चुरे दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाको आयोजना, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवल र नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलको सहकार्य र समन्वयमा बाँसका बिरुवा रोपिएको हो ।पहिरो रोकथामका लागि पर्खाल लगाइएको क्षेत्र आसपासमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली सेनाका जवान र स्थानीय सहितको टोलीले बाँसका विरुवा रोपेको हो ।

बिरुवा रोपेपछि नगरप्रमुख पाण्डेले ज्योतिनगर क्षेत्रको पहिरो रोकथामका लागि पर्खाल लगाउने, पानीको वहाव परिवर्तन गर्ने र वृक्षरोपण गरिएको बताए । ‘यो पहिरो बुटवलकै लागि जोखिम बनेको छ, यसलाई रोक्न प्राविधिकहरुको सल्लाहअनुसार तारजालीसहितको पर्खाल लगाउने, पानीको वहाव परिवर्तन गर्ने र वृक्षरोपण गर्ने गरेका छौं, उनले भने–यसो गर्दा पहिरो नियन्त्रण हुन्छ भन्ने विश्वास प्राविधिकहरुले दिलाउनुभएको छ, त्यसमा हामी विश्वस्त छौं ।’उनले पहिरोको जोखिम कम गर्न र दीर्घकालीन रुपमै समाधान गर्नका लागि बिरुवा रोप्ने र संरक्षण गर्ने काममा नगरले ध्यान दिएको बताए ।
‘यसमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको समेत साथ लिएर स्थानीयलाई जोखिमबाट मुक्त गर्नका लागि हामीले प्रयत्न गरिरहेका छौं, उनले भने–यसमा स्थानीयको पनि साथ छ र नेपाली सेनाले पनि हामीलाई साथ दिएको छ, सबै मिलेर लागेपछि यहाँको समस्या समाधान हुन्छ ।’

नगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले पहिरो नियन्त्रणका बुटवल उपमहानगरपालिकाले निरन्तर रोकथामका कार्यक्रम र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर योगेश चापागाईका अनुसार ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा भूक्षय नियन्त्रणका लागि ९ सय वटा बाँसका बिरुवा रोपिएको बताए । उनले बाँस छिटो हुर्किने र पहिरो रोक्नका लागि उपयोगी हुने भएकाले बाँसका विरुवा रोपेको बताए ।

वृक्षरोपण कार्यक्रममा बुटवल वडा नं ३ का अध्यक्ष विष्णु ढकाल, ४ का अध्यक्ष नरिश्वर शर्मा, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका प्रमुख राजन रेग्मी, नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलका निमित्त गणपति मेजर मनोज डंगोल, मेजर कुवेर कार्कीलगायत नेपाली सेनाका जवान र स्थानीयको सहभागिता थियो ।

 


प्रकाशित : २०७९ असार २, बिहीबार १५:२५

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech