असार २ दाङ, । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा बाह्रकुने दहमा सरसफाई गरेको छ ।बाह्रकुने दह क्षेत्रबाट संकलन गरिएको प्लाष्टिक जन्य फोहोर, सिसा र गल्ने फोहोरलाई घोराही उपमहानगरपालिकाको फोहोर संकलन गर्ने गाडी मार्फत् डम्पीङ साईडमा पठाईएको छ ।सो कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपद व्यवस्थापन महाशाखाका संयोजक एवं घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढाले धार्मिक तथा पर्यटकीय क्षेत्रले दाङको परिचय बोक्ने भएकाले यस्ता क्षेत्रलाई सरसफाईयुक्त बनाएर आफ्नो ठाउँको पहिचान माथि उठाउन सकिने बताउनुभयो ।
दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा विहिवार घाराही १३मा रहेको बाह्रकुने दहमा सरसफाई गरेको हो । कार्यक्रममा समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका संयोजक टेमन बुढा, जनप्रतिनिधि तथा होटल व्यवसायीहरुको सहभागितामा सरसफाई गरिएको हो ।




















