असार ३ गते । रेडियोले युवाका मुद्दालाई प्राथमिकता नदिएको युवाहरुले बताएका छन । तिलोत्तमा एफ एमको चौथो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको युवा र रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले सो कुरा बताएका हुन ।
मनोसामाजिक क्षेत्रमा काम गर्दै आएकी मनोविमर्सकर्ता समिक्षा ज्ञवालीले आजका रेडियोले युवाका विषयलाइ बुझ्न नसकेको बताउनुभयो । उहाले भन्नुभयो गीत बजाएमात्रै युवाले रेडियो सुन्छ्न भन्ने धारणाबाट माथी उठन नसक्दा युवाको रेडियो प्रती चासो नभएको हो ।
अपाङ्गता भएका युवा विधार्थी आशिस ढकालले रेडियोमा समतामूलक कार्यक्रमहरुको अभाव रहेको बताउनुभयो । उहाले भन्नुभयो समाजका हरेक वर्गलाइ समेटन आजको रेडियोले आवश्यक छ तर हुन सकेको छैन । गैर सरकारी सस्थाबाटआएका समतामुलक कार्यक्रम बाहेक रेडियोले सामाजिक मुद्दालाइ प्राथमिकता दिन नसकेको उहाको दाबी छ ।
युवा विद्यार्थी सरु सुवेदीले रेडियोको साथ जोगाइराख्न स्थानीय मुद्दाहरुलाइ प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
विद्यार्थी निश्चल काफ्लेले सामाजिक सन्जाल भन्दा विश्वसनीय सुचनाको माध्यम रेडियो भएकोमा जोड दिदै रेडियोले आफ्नो विश्वसनीयता जोगाइ राख्न मिथ्या सुचना भए नभएको परिक्षण गर्ने गरि छुट्टै डेक्स बनाएर काम गर्नुपर्ने बताउनुभयो ।अर्का विद्यार्थी प्रेन्का काफ्लेले सबै अटाउने रेडियो बनाउन रेडियोहरुको प्रयत्न हुनुपर्ने बताउनुभयो ।
त्यस्तै युवा प्रेन्का पन्थीले रेडियोको आवश्यकता कम नभएको भन्दै सामाजिक सन्जालले रेडियोको भुमिकालाइ अझ बलियो बनाएको बताउनु भयो ।
विभिन्न वर्ग र समुदायका युवाहरूको सहभागीत रहेको उत्त कार्यक्रममा युवाहरूले रेडियोको विश्वसनीयता कायम राख्न आफ्नो तर्फबाट खबरदारी गर्ने गरि प्रतिबद्धता जनाएका छ्न ।
रेडियोका स्टेशन म्यानेजर टिकाराम घिमिरेको स्वागत र ममता बि सीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















