भैरहवाको पौवाको स्वीमिङ्ग पुलमा डुबेर एक युवाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

भैरहवा, ४ असार । भैरहवाको पौवा होटलमा सञ्चालित स्वीमिङ्ग पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको रुपन्देही प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर बेलुकी सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए । तुलाधरलाई उद्दार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पौडेलले बताए ।


प्रकाशित : २०७९ असार ४, शनिबार १२:०९