असार ४ रोल्पा । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यू भएको छ ।मृत्यू हुनेमा परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वलीको साइकलबाट लडेर मृत्यु भएको हो ।शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए ।
घाइते वलीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागी रोल्पा अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताए।




















