हेटौंडाबाट खैरो हिरोइन सहित एक जना पक्राउ

[sharethis-inline-buttons]

असार,५ हेटौंडा । हेटौंडाबाट लागुपदार्थ खैरो हिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँचका क्रममा लागु औंषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका हुन् ।पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको गाडी चेक गर्ने क्रममा हेटौंडा १ चाइनाक्वार्टरका ३४ बर्षीय निराजन घिमिरे पक्राउ परेको मकवानपुरको जिल्ला प्रहरी कार्यालयको प्रहरीले बताए ।
प्रहरीले घिमिरेको साथबाट ५ ग्राम लागु औषध खैरो हिरोइन फेला पारेको थियो । पक्राउ परेका घिमिरे माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित : २०७९ असार ५, आईतवार १७:०६