प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

असार ६ गते । लुम्बिनी प्रदेश स्तरीय साथी सञ्जालमा पूर्व संवाद किशोरकिशोरीहरुको सन्जाल गठन कार्यक्रम सम्पन्न भएको छ ।बुटवलमा स्ट्रोम फउण्डेशन नेपालको सहयोगमा लुम्बिनी प्रदेश स्तरयि किशोरकिशोरीहरुको भेला संजाल गठन तथा क्षमता विकास कार्यक्रम गरिएको हो ।यस कार्यक्रमले किशोरकिशोरीहरुको हक आधिकार,न्ययाका लागि ,समुदायमा भएको कुसंस्कार कुरुति हटाउने,विभिन्न सवलको पैरवी गर्न र शसक्तिकारण गर्नका लागि सञ्जाल गठन गरिको छ ।
प्रदेश स्तरयि संजालको पदाधिकारीहरु अध्यक्ष पदमा द्धारिका हरिजन (गैडहवा गा. पा रुपन्देही), उपाध्यक्षमा अनुष्का परियार(रोपाबाट), सचिव श्याम कु. यादव(लुम्बिनी सं.न.पा.रुपन्देही), सहसचिव एकराज यादव(राजपुर गा.पा. दाङ्ग) र कोषाध्यक्ष गुन्जा थारु(शिवराज न.पा. कपिलवस्तु) गरि ५ जनाको मुल समिती गठन गरियो ।उक्त गठनमा १० सदस्यहरु आकृति वि.क.(कपिलवस्तु) , प्रमिला थापा क्षेत्री(रोल्पा), आरिफ वली खँ(नवलपरासी), मेनुका राउत(पुठान) , रोमा थारु(कपिलवस्तु), ममता कु. हरिजन(नवलपरासी), राजु चमार(नवलपरासी) , सुनिता हरिजन(रुपन्देही) , उषा सुनार(रुपन्देही) र प्रकाश घिमिरे(कपिलवस्तु) रहेका छन् ।


प्रकाशित : २०७९ असार ६, सोमबार १७:३५