हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा महिलाहरुका लागि ५ दिने उद्घोषण तालिम प्रदान गरिएको छ । यहि असार २ गतेबाट सुरु गरिएको उक्त तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । वडा कार्यालयद्धारा आयोजित उक्त तालिममा ४१ जनाको सहभागीता रहेको थियो । ५ दिने तालिमको समापन संगै सम्पुर्ण सहभागीलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।
वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले सहभागीहरुलाई प्रमाण प्रदान गर्दै उर्जाशिल भएर लाग्न आग्रह गर्नुभयो । तालिमबाट सहभागीले सिकेको उपलब्धी प्रति आफु खुसी भएको बताउदै उहाँले आगामि दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष पौडेलले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने बताउँदै लक्षित वर्गका कार्यक्रमहरुलाई पनि निरन्ता दिंदै जाने बताउनुभयो ।
त्यस्तै वडा सचिव नरेन्द्र पोख्रेलले महिला शिक्षित भयो भने परिवार, समाजनै शिक्षित हुने भएकाले यो तालिमले सहभागीहरुमा धेरै परिवर्तन आएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै तालिममा सहभागी कल्पना उपाध्याय, सुमन विक, तारा गुरुङ, पशुपति थारु, सरस्वती पोख्रेल, बिष्णु राना, पुजा भुसाल लगायतले मन्तब्य राख्दै तालिम प्रभावकारी भएको र तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने बताउनुभएको थियो ।
समापन कार्यक्रममा वडाध्यक्ष पौडेलको अध्यक्षता, वडा सदस्य प्रेम बहादुर रौतार, पुर्व कार्यपालिका सदस्य टिका कुमारी अधिकारी, विसनपुरा टोल विकास संस्थाका अध्यक्ष शोभकान्त बस्याल, वडाका वालमैत्री सहजकर्ता रमा घिमिरे लगातयको आतिथ्ता रहेको थियो भने प्रशिक्षार्थी सन्तोषी सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।