असार ८, काठमाडौं । काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट मृत्यु भएको छ । प्रदेश ३ ०१(००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको ।पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।टिपर चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।