वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता

[sharethis-inline-buttons]

असार ८ दाङ। वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने भएका छन् । सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु आफ्नो निर्णयबाट पछि हटेका हुन् ।
वायुसेवा सञ्चालक संघले अत्यावश्यक सेवा नै प्रभावित गर्ने गरी आजदेखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो ।तर नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले उडान बन्द गरे सञ्चालकहरुलाई पक्राउ गरी वायुसेवा सञ्चालन अनुमति ९एओसी० नै खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेर वायुसेवा सञ्चालन अनुमति नै खारेज गर्ने बताउनुभयो ।


प्रकाशित : २०७९ असार ८, बुधबार १३:१४