बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु र चालक घाईते

[sharethis-inline-buttons]

 

असार ११ दाङ,। दाङको बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।ट्रकको ठक्करबाट मोटरसाइकलमा पछाडी बसेकी बाँके बैजनाथ गाउँपालिका–२ की २८ वर्षीया दिपिका खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरीमा आज विहान करिब ८ बजेतिर पूर्वबाट पश्चिम तर्फ आइरहेको भे.११ प ७०५ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रक ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट खत्रीको मृत्यु भएपछि उनका आफन्तले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध समेत गरेका थिए । विहानै देखि भएको सडक अवरुद्ध दिउँसो साढे १ बजे मात्र खुलेको प्रहरीले बताए ।


प्रकाशित : २०७९ असार ११, शनिबार १७:२४