असार १४ । रुपन्देही लगायत लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हिजो रातिदेखि नै वर्षा भर्यरहेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले बताए ।
सुदूरपश्चिम प्रदेश, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।




















