असार, १४ । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ ।ट्रक पूर्वदेखि पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिक–१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना।६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले बताए। आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।
ट्रकको वाइरिङ सर्ट भएर आगलागी भएको पाइएको सशस्त्र प्रहरी बेस क्याम्प भारदहमा सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले बताए ।प्रहरीको अनुसार सोमबार राति १२ बजेतिर ट्रकमा आगलागी हुँदा केहि बेर राजमार्ग नै अवरुद्ध भएको थियो ।
आगोलाई नेपाल तथा सशस्त्र प्रहरी एवम् हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।




















