गैंडाको चोरी आरोप लागेका एक जना पक्राउ

[sharethis-inline-buttons]

असार १४ , काठमाडौं ।गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेको एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं.९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा छन् ।संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको ब्यूरोले बताए ।ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोका अनुसार पक्राउ परेका प्रजा ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दर सिंह प्रजा समेत संलग्न भएको संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार) राख्ने, खरिद र बिक्री तथा ओसारपसार गरेको मुद्दाका आरोपी हुन्

 


प्रकाशित : २०७९ असार १४, मंगलवार १६:५१