असार १४ गते २०७९। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा “पुस्तकालय संजाल र विद्युतीय स्रोतहरुको विकास” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय व्यवस्थापन तथा विकास सेलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सो अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डा. मोहन राज प्रधान श्रोत व्यक्तिको रूपमा रहनुभएको थियो ।
कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न आङ्गिक, सामुदायिक तथा निजी क्याम्पसका क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरु, पुस्तकालय प्रमुखहरु तथा प्राबिधिकहरु गरि २५ जना बढीको सहभागिता रहेको थियो ।कार्यक्रममा श्रोत व्यक्ति प्रा।डा। प्रधानले विद्युतीय पुस्तकालयको आवश्यकता, पुस्तकालयमा हुनुपर्ने समय सापेक्ष परिवर्तन, उपलब्ध स्रोत र साधनलाई केन्द्रीकृत गरि उच्चतम प्रयोग गर्ने बिधि लगायतको बारेमा सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उपप्राध्यापक महेश प्रसाद चौधरीको अध्यक्षता, आई.क्यू.ए.सी. प्रमुख पुनाराम घिमिरेको संचालन रहेको थिए । कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले सहभागीहरुलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको उद्देश्य तथा औचित्यतामाथि प्रष्ट पार्नुभएको थियो ।




















