आषाढ १९। देवदहमा विषेश रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। साहित्यिक संस्था युगिन र अनुराग तथा उज्यालो लालटिन प्रतिष्ठानको आयोजना तथा देवदह नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल बोल्दै गलत बाटोमा लागेकालाई सहि बाटोमा ल्याउन साहित्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।देवदह नगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि नीति बनाएको र प्रतिष्ठानलाई पूर्णता दिन नगर सभा लगत्तै छलफल गरिने बताउनुभयो।
कार्यक्रममा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ लगाएत वरिष्ठ साहित्यकार बूँद राना, कवि डा। श्याम प्रसाद न्यौपाने, विनोद उदय, यज्ञ प्रसाद न्यौपाने, मुक्तककार सरस्वती बस्याल, श्याम न्यौपाने गणेश खनाल सागर भट्टराइले विशेष रचना वाचन गरेका थिए। विशेष रचना वाचन कार्यक्रममा कविता लेखन प्रशिक्षणमा सहभागी १२ वटा विद्यालयका १२ जना विद्यार्थीहरुले समेत प्रतिनिधि मूलक रुपमा रचना वाचन गरेका थिए।
विशेषा रचना वाचन कार्यक्रम युगिन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाको अध्यक्षता, उज्यालो लालटिन प्रतिष्ठानका सदस्य सुरज भट्टराईको धन्यवाद ज्ञापन र विष्णु , विवशु पोखरेलको संचालनमा सम्पन्न भएको थियो।




















