काठमाडौंमा वन्यजन्तु ‘भालुको पित्त’ जस्तो कालो रंगको वस्तु सहित २ पक्राउ

[sharethis-inline-buttons]

असार १९, काठमाडौं ।काठमाडौं भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित २ जना पक्राउ परेको छन् ।भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं। २ बस्ने वर्ष ५३ को हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जी रहेका प्रहरीले बताए ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं। ५ जोरपाटी, नयाँबस्ती उनीहरुलाई पक्रेको हो ।उनीहरुको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु २ थान फेला परेको ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोले बताएका छन् ।उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ असार १९, आईतवार १४:००