असार १९, डोल्पा ।डोल्पामा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ ।मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका(७ घर भएका ३१ वर्षीय भरत बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले बताए । डोल्पाको शे(फोक्सुण्डो गाउँपालिका(३ मा पर्खाल भत्केर स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने मजदुरको मृत्यु भएको हो ।
पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङको टोली घटनास्थल पुगेको थियो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताए ।




















