असार २१ । गुल्मी। गुल्मीमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका –१ को गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए ।प्रहरीका अनुसार जिल्लाकै छत्रकोट गाउँपालिका–६ दौघामा पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको छ ।




















