सेयर बजार ४६.०८ अंकले घट्यो

[sharethis-inline-buttons]

असार २१, काठमाडौं । आज नेप्से परिसूचक ४६.०८ अंकले घटेको छ । मंगलबार बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको थियो ।सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियो ।मंगलबार कुल २२९ वटा कम्पनीको ४९ हजार ४१६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, आँधीखोला लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर लगायतका कम्पनीको मूल्य बढ्यो ।


प्रकाशित : २०७९ असार २१, मंगलवार १७:४०