असार २३, वीरगञ्ज । प् बारामा दुई जना कटुवा पेस्तोलसहित पक्राउ परेको छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिक–१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया पक्राउ परेका हुन् ।बेलुका ६ः५० बजेतिरको समयमा सिम्रौनगढ– १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो ।
सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरी निरीक्षक काफ्लेले बताए ।




















