असार २४ गते २०७९।सगरमाथा आरोहण गर्ने शम्भु तामाङको मृत्यु भएको छ ।विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ ।सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित थिए। तामाङको बिहीबार निधन भएको परिवार स्रोतले बताए ।
उनले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गरेका थिए। त्यसबेला उनको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उहाँले नाम गिनिजबुकमा लेखेका थिए । तामाङका श्रीमती, एक छोरा र एक छोरी छन्।




















